Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

देशभरमै सबै भन्दा बढि विधुत चुहावट मधेसमा

SHARE: 520

मधेसखबर
वीरगन्ज,१३असार : देशका ७ वटै प्रदेश मध्ये सबै भन्दा बढि विधुत चुहावट मधेस प्रदेशका जिल्लाहरुमा रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८\०७९ को १० महिनामा वितरण तर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । गत वर्ष वैशाख सम्मको वितरण तर्फको विद्युत चुहावट ११.५० प्रतिशत थियो ।

तर ७ वटै प्रदेश मध्ये मधेस प्रदेशमा अहिले पनि सबै भन्दा बढि विधुत चुहावट रहेको छ ।प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ ।प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १३.६७ प्रतिशत छ । अघिल्लो वर्ष १६.३१ प्रतिशत थियो ।

सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४५.०९ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष यस अवधिमा मलंगवा वितरण केन्द्रको विद्युत चुहावट २७.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४५.०९ प्रतिशत पुगेको हो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट गत वर्ष ५१.०४ प्रतिशत रहेकोमा यस वर्ष ४०.६८ प्रतिशतमा झरेको छ ।

महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.९१ प्रतिशत रहेकोमा यस वर्ष ३६.२८ प्रतिशत रहेको छ । रौतहटको गौर वितरण केन्द्रको गता वर्ष ३०.१२ प्रतिशत रहेको चुहावट यस वर्ष बण्ेर ३३.६३ प्रतिशत पुगेको छ ।
औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट ०.६४ प्रतिशत थियो ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनका अनुसार यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट देशघर चुहावट घटेको हो ।

प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सर्फमर फेर्नेलगायतका काम गरिरहेको छ । गर्मीमा तराई÷मधेशमा चुहावट केही बढ्छ तर प्राधिकरणले यसलाई नियन्त्रण गरी चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको जनाएको छ ।

सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सर्फमर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

The post देशभरमै सबै भन्दा बढि विधुत चुहावट मधेसमा appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: देशभरमै सबै भन्दा बढि विधुत चुहावट मधेसमा
देशभरमै सबै भन्दा बढि विधुत चुहावट मधेसमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/Madhesh-Province-NEA.jpg?resize=765%2C352&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_670.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_670.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content